सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २९ । मलेशियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको हो । नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाए ।
१८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे ।
प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।
छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा