सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९ । नेकपाका शीर्ष नेताहरु चन्द्रागिरीमा पुगेर गोप्य बैठकमा बसेका छन् ।
पार्टीका तल्लो तहका संरचना लगायत समसामयिक राजनितिको विषयमा टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादलसहित नेकपाका शीर्ष नेताहरु राति नै चद्रागिरी स्थित रिसोर्टमा पुगेका हुन् । ।
स्रोतका अनुसार, नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरीमा थिए ।
यद्यपि बैठकका निर्णयबारे आधिकारिक जानकारी आएको छैन । तर स्रोतका अनुसार बैठकमा पार्टी एकता, सरकार सञ्चालनलगायत राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तथा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगायतको विषयमा पनि छलफल भएको बुझिएको छ ।
पार्टी एकताको काम टुंगिन नसक्दा तथा कतिपय मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको गुनासो आएको समयमा यस्तो बैठकले निकै महत्व राख्ने गर्दछ ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा