सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
छबिलाल जैशी / टीकापुर, चैत्र २८ । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजना तथा एभरेष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा संचालित एक दिने निःशुल्क दन्त परिक्षण शिविरमा १ सय ७० जनाको निशुल्क दन्त परिक्षणको साथै औषधि, दन्त मञ्जन तथा बु्रस वितरण गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. २ स्थित विजयनगर शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको सो शिविरमा दन्त मञ्जन तथा बु्रसको लागि टीकापुर नगरपालिका वडा नं. २ ले सहयोग गरेको थियो । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रि प्रसाद भट्राईको सभापतित्वमा भएको शिविर उद्दघाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश बहादुर बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो भने डेन्टल सर्जन डा. पवित्रा विष्ट बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले ग्रामिण क्षेत्रका जनताका लागि लक्षित गरेर जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्य स्रहानिय रहेको भन्दै सहकारीहरुले यसैगरी सामाजिक क्षेत्रमा योगदान मुलक कार्यक्रमहरु गर्दै जानुपर्ने धारणा राख्नुभयो । सामाजिक क्षेत्रमा यसरी अग्रसर भएर काम गर्ने संस्थालाई वडा कार्यालयले समेत आवश्यक सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि डा. बोगटीले शरिरका अन्य अंगहरु जस्तै दाँतलाई पनि महत्व दिएर त्यसको स्याहारका साथै समय समयमा चेकजाँच गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा टीकापुर जेसिजका अध्यक्ष गणेश बहादुर साउँद, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव योगेश रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जनकल्याण बचत तथा ऋण सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा