सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, चैत २८। गुल्मीको मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा सवारी दुर्घटना परी पूर्व सासंदको मृत्यु भएको छ।
मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ।
त्यस्तै साेही दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन ।
विहीवार विहान मालिका गाउँपालिकावाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा