सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ, चैत्र २८ । भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।
जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना ट–यो ।
विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए ।
अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’बाट पार्किङमा फर्काइएको थियो । आजकाे नागरिक दैनिकमा याे खबर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा