सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २७ । सामाजिक सन्जालको दुरुपयोग गरी ठगी गर्ने युवा पक्राउ परेका छन् । डोटी को के.आई.सिंह गाउपालिका ६ घर भई हाल किर्तिपुर बस्ने केशबराज भट्टलाई प्रहरीले मंगलबार काठमाण्डौको गौशालाबाट पक्राउ गरेकोे हो ।
भट्टले फेसवुकमा विभिन्न उच्च पदमा रहेका अधिकृतहरुको फोटो राखी फेक एकाउन्ट बनाई प्रयोग गरी युवतीहरुलाई साथी बनाई आफु उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरी, चरित्र हत्या गरी अलपत्र पारेको घटनाको सम्वन्धमा पिडितको उजुरीको आधारमा पक्राउ गरीएको हो ।
भट्टलाई आवश्यक अनुसन्धानको लागी बुधबार महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ भने निजलाई विद्युतिय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाही गरीने प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा