• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

      तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

      खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

      २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

      घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

      विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

      कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

      एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

      दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

      नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

      एक डोज मात्रै लगाए पुग्ने कोरोनाको खोपले पायो अनुमति

      मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    होमपेज /  स्वास्थ्य

    अब हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र २७, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ,  चैत २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

    यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचौं स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा देवकोटाले सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको बताए ।

    उनका अनुसार ‘स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक’ बनाउने मूल ध्येयका साथमा मन्त्रालयले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । विगत २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवा रोग नियन्त्रण, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताए । सम्मेलन आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले पछिल्लो समय नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट बढी मृत्यु भइरहेको बताए ।

    पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी कम हुँदा यसको भार गरीब विपन्न जनतामा बढी परेको बताए । तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता छ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यका नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्षले सहयोग पुग्ग्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

    स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ ।

    सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

    यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले वहिरङ्ग सेवा (ओपिडी) सेवा सञ्चालनका लागि टिकट काउन्टर आज बिहान खुला गरेको थियो ।

    तर सरकारी चिकित्सक सङ्घ(गोदान)का आन्दोलनका कारण आज पनि वीर अस्पतालमा स्वास्थ्य सेवा लिन आएका बिरामीले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाएनन् । चिकित्सकको समायोजनमा असहमति राख्दै गोदानमा आबद्ध चिकित्सकले चार दिनदेखि सरकारी अस्पतालका आकस्मिक सेवाबाहेक ओपिडी सेवा ठप्प पारेका छन् । यसबाट हजारौँ बिरामी मर्कामा परेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने

    नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

    मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ? ख्याल गर्नुस् है

    शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी

    अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑