सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २७। उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नाइस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो। उनी केही समयदेखि मृर्गौलाका रोगी थिए। उहाँको मृर्गौला ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।
‘गोल्छाको पार्थिव शरिरलाई आज काठमाडौं ल्याएर भोली (बिहीबार) अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। ६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद समेत बनेका थिए।
गोल्छाले आफ्नै नेतृत्वमा दुई दर्जन बढी उद्योग स्थापना गरेका थिए । श्रीराम सुगर मिल, हुलास जस्ता पाता, हुलास वायर, इष्टर्न सुगर मिल, हुलास ब्राण्डका खाधान्न उत्पादन गर्ने उद्योग उनले खोलेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा