सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / डडेल्धुरा, चैत २७ कैलालीको अत्तरियाबाट अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटनामा परि बसमा सवार ३१ जना घाइते भएका छन । ना ४ ख ६८३६ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ धनगाडमा राती करिब २ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान लगाएको जनाएको छ । दुर्घटनामा परि घाइते भएका ३१ जना सामान्य घाइते भएकाले उनिहरुको डडेल्धुरामै औषधोपचार भैरहेको र एक महिलाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि अत्तरिया ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । घाइतेहरु मध्य धेरैका हात, खुट्टा भाचिएको प्रहरी जनाएको छ ।
रातिको समयमा दुर्घटना भएकाले तत्काल घाइतेहरुलाई अस्पताल लिन नसकेको बताउदै प्रहरीले जानकारी पश्चात घाइतेहरुको उद्धारमा लागिपरेको समेत जनाएको छ । प्रहरीका अनुसार बसमा ५० जना जति यात्रु रहेका थिए । बसचालकलाई नियन्त्रणमा लगिसकेको र दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा