सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २६। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘सभापति शेर बहादुर देउबाले पार्टी कब्जा गरेर बसेको आरोप लगाउनु भएको छ।
जनआन्दोलन दिवसको अवसरमा कांग्रेस काठमाडौं ६ ले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले पार्टी कब्जा गर्नु ठूलो कुरा होइन। कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नु ठूलो कुरा भएको बताएका छन्।
उनले भने, ‘हामी पार्टीभित्र भागवण्डा चाहँदैनौं। तर सभापतिजीले नै भागवण्डाको प्रस्ताव ल्याएपछि के गर्ने?’ सिटौलाले पार्टीलाई एक बनाउन भागवण्डाको अन्त्य हुनुपर्ने बताएका छन्।
नेताहरूले पार्टी सुधार्ने र जनताका हितमा काम गर्ने भनेर जति मीठा भाषण गरे पनि सिंगो कांग्रेस नजाग्ने हो भने कम्युनिष्टसँग भिड्न नसकिने सिटौलाले बताए।
सिटौलाले पार्टी पीडादायक र कष्टकर अवस्थामा रहेको बताएका छन्। कांग्रेसले सरकारका नराम्रा कामविरूद्ध सशक्त आवाज उठान गर्न नसकेको आरोप लगाए।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा