सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुन्दा पनि पत्यार नलाग्ने, एउटै बोकाको मुल्य पाँच लाख पर्छ र कुकुरले बाघ(चितुवा) मार्छ भनेर । हो, यस्तै अचम्मीत हुने घटना गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. ९ को भोर्ले गाउँमा भएको छ । बाख्रा फार्मको लागी पालिएका ६ वटा कुकुरहरु मिलेर एउटा चितुवाको ज्यान लिएका छन् ।
भोर्लेको बाख्रा फार्म संचालन गरेर बसेका प्रकाश लामाका अनुसार ६ वटा कुकुर मिलेर एक ठूलो चितुवा बाघ मारेको बताए । बाघसंगको लडाईमा एउटा कुकुर मरेको र अन्य पाँच कुकुरहरु गम्भीर घाईते भएका थिए । बाख्रा फार्म नजिकैबाट सानो कुकुरलाई बाघले आक्रमण गरेपछि अन्य कुकुरहरु पनि बाघको पछि लाग्दै करिब १ घण्टाको लडाईले बाघ मरेको स्थानीय लोकबहादुर राना बताउँछन् ।
आफुहरुले बाघ र कुकुरको अन्तिम लडाई समेत देखेको रानाको दाबी छ । रानाका अनुसार बाघको आक्रमणबाट घाईते घएपछि दुई कुकुरहरुलाई बोकेर ल्याउन परेको समेत बताए ।
बिशेषत बाख्रा फार्मको लागी कुकुर पालिएको भए पनि पछि त्यसले गाउँ वरिपरीकै सुरक्षा प्रदान गरेको छ । गाउँ तथा जंगलमा सबै कुुकुरहरु घुम्छन्, कतै बाघ, बाँदर आयो भने मालिकलाई समेत खबर गर्ने गरेको फर्म संचालक प्रकाश लामाको भनाई छ ।
हेर्नुहोस भिडीयो :
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा