सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत २६। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ। विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिए। उनका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ।
भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको बताए। अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो। देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले भने।
काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ वटा विद्यालय छन्। यी विद्यालयमा दुई लाख तीन हजार ९७१ जना विद्यार्थी अध्ययन छन्। यसमध्ये एक लाख ५८ हजार ९७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्। शिक्षा विभागका अनुसार महानगर क्षेत्रभित्र पाँच वर्षमाथि १० वर्षसम्म उमेर समूहका करीब तीन प्रतिशत बालबालिका विद्यालय बाहिर छन्।
सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आबद्ध अभिभावकका कारण विद्यालय भर्ना हुन बाँकी बालबालिकाको यकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको विभागको भनाइ छ। ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ नारासहित भर्ना अभियान शुरु गर्न लागिएको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा