सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २६ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको आगमनसँगै प्रदेशको राजधानी र नामाकरण टुंगो लाग्ने बताएका छन्।
सोमबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशसभामा छलफलका क्रममा रहेको राजधानीको नाम र वैशाखभित्रै टुंगो लाग्ने बताए। त्यस्तै कार्यक्रममा मुख्य मन्त्री राईले राजधानी र नामाकरणसँगै प्रदेशवासीमा आफ्नो विवाहमा निम्ता पठाउने समेत बताएकाे खबर गाेरखापत्र दैनिकमा छ।
अविवाहित रहेका राईले व्यक्तिगत जीवनको सुखद सुरुवात प्रदेशको राजधानी र नामाकरणपछि गर्ने बताए। प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आयोजित पुरस्कार वितरण समारोहमा शुभकामना दिने वक्ताहरुले मुख्यमन्त्रीको विवाहसँगको सन्दर्भ जोडेर विषयवस्तु राखेपछि राईले चाँडै निम्ता पठाउने बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा