सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत २६ । नेपाली सेनाले अफ्रिकी मुलुक लिबियाको त्रिपोलीमा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको चैत २५ गते जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त मिसनमा २३१ नेपाली शान्ति सैनिक कार्यरत छन् । केही दिनदेखि लिबियामा त्यहाँको विद्रोही समूह ‘दी लिबियन नेशनल आर्मी (एलएनए)’ले आक्रमक कारवाहीलाई तीव्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा यही अप्रिलमा वार्ता भएको थियो । उक्त वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता खलिफा हफ्तारले आफ्नो समूहलाई सैनिक कारवाहीको निरन्तरताका लागि निर्देशन दिएका थिए । लिबियाको हालको गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चासो व्यक्त गरेका छन् । विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ ।
यद्यपि त्रिपोलीबाट ट्युनिसियामा जाने सडक मार्ग चालू अवस्थामा नै रहेको छ । त्यहाँ तैनाथ ‘युनाइटेड नेसन सपोर्ट मिसन इन लिबिया मिसन’मा कार्यरत केही स्टाफलाई उक्त मिसनले सडक मार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसियामा पठाउने कार्य शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिसनका प्रमुख घासन सलामेलगायत मिसनका उच्चपदस्थ पदाधिकारी हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिसन मुख्यालयमा नै रहेका छन् ।
मिसन मुख्यालय तथा मिसन मुख्यालमा कार्यरत रहेका युएनस्टाफको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन् रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा