सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत २५। चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा घटना भएको जानकारी कार्यालयले जानकारी दिएको छ । घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । नाम भने खुलेको छैन ।
उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा