सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टद्धारा २०० बर्ष पुरानो आफनो पत्नी नोसेफिनलाई लेखेको तिन वटा प्रेमपत्र कुल ५ लाख १३ हजार युरो यानी ६ करोड ४० लाख नेपाली रुपैया मा विक्रि भएको छ । यो प्रेम पत्र १७९६ देखी १८०४ बिच लेखिएको थियो, जसको निलामी विहिवार फ्रान्सको ड्रोउट नीलामी घरमा भएको थियो ।
मिडिया रिपोर्ट अनुसार, १७९६ मा इटली अभियानको दौरान लेखिएको एक पत्रमा नेपोलियनले लेखेका थिए “मेरो प्यारी साथी, तिम्रो तर्फबाट मेरो लागी कुनै पनि पत्र मिलेन । अवश्य केही न केही विशेष चलिरहेको छ, यसकारण तिमिले आफनो श्रीमानलाई बिर्सियौ । यद्यपी, काम र धेरै नै थकान बिच म केबल तिमिलाई नै सम्झन्छु ।”
फ्रेन्च एडर र एगुट्स हाउसेसको तर्फबाट ऐतिहासिक थीममा आधारित यो निलामीमा एक दुर्लभ एनिग्मा एन्क्रिप्शन मेशीनलाई पनि समावेश गरीएको थियो । यो मेशिनको प्रयोग नाजी जर्मनीले द्धितिय विश्वयुद्धको दौरान गरेका थिए, जो ४८,१०० युरो यानी करीब ६० लाख रुपैयामा निलामी भयो ।
नेपोलियन बोनापार्ट फ्रान्सको क्रान्तिमा सेनापति, ११ नोभेम्बर १७९९ देखी १८ मे १८०४ सम्म प्रथम कौसलको रुपमा शासक र १८ मे १८०४ देखी ६ अप्रिल १८१४ सम्म नेपोलियनको नामबाट सम्राटको रुपमा रहे । उनी २० मार्चदेखी २२ जुन१८१५ मा फेरी सम्राटको रुपमा गद्धि सम्हाले । उनी युरोपका अन्य कैयौ क्षेत्रको पनि शासकको रुपमा रहे ।
इतिहासमा नेपोलियन विश्वका सबैभन्दा महान सेनापतिको रुपमा चिनिन्छन् । उनले फ्रान्समा एक नयाँ विधि संहिता लागु गरेका थिए, जसलाई अलिहेपनि नेपोलियनको संहिता भनिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा