सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पकिस्तान बालाकोटमा एयर स्ट्राइकको करिब डेढ महिनापछि भारतले फेरी उ माथि आक्रमण गर्न सक्ने बताएको छ । पाकिस्तानको विश्वसनीय गुप्त जानकारकिो आधारमा दावी गर्दे भारतीय सेना यो महिना अर्को एउटा आक्रमण गर्ने तयारी गरेको खुलासा गरेको हो ।
पकिस्तानका विदेश मन्त्रि शाह महमुद कुरैशीले आइतबार मुल्तानमा पत्रकारहरुको अगाडि यस्तो दाबि गरेका हुन् ।
कुरैशीले भने “हामीसँग विश्वसनिय जानकारी छ कि भारत पाकिस्तानमाथि एउटा अर्को आक्रमण गर्ने तयारी गरीरहेको छ । हाम्रो जानकारी अनुसार, यो आक्रमण १६ देखी २० अप्रिलको बिच हुन सक्दछ । यदि यस्तो भएमा तपाई बुझ्न सक्नु हुन्छ कि यो क्षेत्रको शन्ति र स्थिरता माथि कस्तो असर पर्न गईरहेको छ । हाम्रो सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थाई सदस्यहरु लाई आक्रमणसँग जोडिएको आशंकाहरुलाई लिएर पहिला नै अवगत गराइसकेको छ । हामी चाहन्छौ कि विश्व समुदाय यो कुरामा संज्ञान लियोस ।”
यद्यपी, पाकिस्तानी विदेश मन्त्रिले कुन आधारलाई मानेर आक्रमण हुनसक्ने समय बताइयो यो कुराको जानकारी भने दिएका छैनन् । उनले भनेका छन कि पाकिसतानका प्रधानमन्त्रि इमरान खान देशवासिसँग यो जानकारी शेयर गर्नको लागी तयार छन् । उता, भरातका विदेश मन्त्रालयलाई यो सम्बन्धमा मिडियाको तर्फबाट पठाइएको ई–मेलमा सोधिएको कुनै पनि प्रश्नको जवाफ मिलेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा