सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत २४। बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैक्रममा हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयाँ हुन आउँछ ।
यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
त्यस्तैप्रदेश तीन सरकारले हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यस्तै बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप कांग्रेसका सांसदहरुको २ दिनको र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफना सांसदहरुको एक दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यस्तै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई आफ्नो आधा महिनाको तलब दिने घोषणा गर्नु भएको छ।
हावाहुरीका कारण हालसम्म हालसम्म २८ जनाको मात्रै मृत्यु भएको र ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयले पुष्टी गरेका छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा