सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आठ बर्ष पहिला कर्नल मुअम्मर गद्दाफी को हत्यापछि लगातार अस्थिर लीबियामा अब एउटा नयाँ संकट खडा भएको छ । देशको सशस्त्र बागी नेता जनरल खलीफा हफ्फारले संयुक्त राष्ट्र महासचिव एटोनियो गुटरेससँग भएको भेटवार्ता विना निष्कर्ष टुगिंदा जनरलले आफनो सेनालाई त्रिपोलीमा जान आदेश दिएका छन् । उनका सेनाहरु राजधानीदेखी ५० किलोमिटर टाढा पुगीसकेका छन जहाँ लडाई जारी छ ।
सबैभन्दा महत्वपुर्ण कुरा के छ भने हफ्फारले आफनो सेना लीबियन नेशनल आर्मीलाई त्रिपोली माथि चढाईको आदेश त्यो समय दिए जब संयुक्त राष्ट्र महासचिव गुटेरस स्वयम यही उपस्थित थिए । जनरल हफ्फारले घोषणा गरेका छन् कि आतंकवादको निवारण नभएसम्म उनको यो अभियान जारी रहनेछ, जबकी राजधानी त्रिपोलीमा हाल लीबियाको वैश्विक मान्यता प्राप्त सरकार पहिलादेखी नै काम गरीरहेको छ । शुक्रबार गुटेरसले बेनगाजी गएर हिंसालाई टाल्नको लागी हफ्फार सँग भेटवार्ता पनि गरे तर यसको कुनै पनि परिणाम निक्लन नसक्दा यहाँको अवस्था निकै खराब हुदै गइरहेको छ ।
यहाँ एकातिर जनरल हफ्फारको सेना त्रिपोली तिर बढिरहेको छ र दोस्रो तर्फ पुर्वी शहर मिसराता बाट वैश्विक मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र गुटोंले पनि त्रिपोलीको सुरक्षाको लागी केही न केही गरीरहेको छ । संयुक्त राष्ट्रको अलावा अमेरिका, रुस, फ्रान्स र ब्रिटेन सहित कैयौ देशले पनि यहाँ शान्ति स्थापना गर्न अपिल गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा