• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

      जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

    होमपेज /  पत्रपत्रिका

    तिब्र गति पेट्रोलियम पाइपलाइलन विस्तार : भाडामा वार्षिक २ अर्ब बचत, तेल पनि सस्तिने

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र २४, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बारा, चैत्र २४ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

    हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ। भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ।

    निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ। ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्‍यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ।’

    ६ हजार ५ सय ६३ रुख काटिँदै छन्। जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ। काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ। ‘१ करोड ९५ लाख रुपैयाँ हामीले निकुञ्जलाई दिनेछौं,’ उनले भने, ‘जति रुख काटिन्छन्, त्यति नै संख्यामा हुर्काउन आयल निगमले उक्त रकम दिन लागेको हो।’ पाइपलाइन विस्तार गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्त भएलगत्तै निकुञ्जको समस्या टुंग्याएका थिए।

    तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए। उनका अनुसार एउटा मर्मत हुँदै छ। जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो।

    मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार पाइपहरू पूर्ण रूपमा जमिनमुनिबाट बिछ्याएर ल्याउने कार्य भइरहेको छ। ‘रक्सौलदेखि अमलेखगन्जसम्म २ दशमलव ५ मिटर गहिराइमा पाइप राखिएको छ,’ उनले भने, ‘बिछ्याउन रेखांकन गरिएका घर, बजार, खोलालगायतका अप्ठ्यारा ठाउँहरूमा एचडीडी कार्य गरी पाइप जडान गरिएको छ।

    साना नाला र ढलहरूमा कंक्रिट पाइप जोडिनेछ। योजना अमलेखगन्जबाट पाइप विस्तार गरेर तेल भण्डारणका लागि चितवनको लोथरसम्म पुर्‍याइने जानकारी पौडेलले दिए। जहाँ आयल निगमले जग्गा किनिसकेको छ। अहिले अमलेखगन्ज डिपोमा भारतको बरौनिया, पटना, मोतीहारी हुँदै अलेखगन्जमा तेल आयत भइरहेको छ। ढुवानी भाडाले गर्दा पनि तेलको मूल्य महँगो पर्ने गरेको छ। ‘पाइपलाइन विस्तार भइसकेपछि तेल लिन भारत पुग्नुपर्ने छैन,’ यादवले भने,‘ढुवानी भाडा मात्र कम हुँदा प्रतिलिटर २ रुपैयाँसम्म घट्न सक्नेछ।’

    उनका अनुसार पाइपलाइनबाट तेल आएपछि वार्षिक २ अर्ब ढुवानी भाडा बचत हुनेछ। पहिलो चरणमा डिजेल मात्र आउनेछ। मुलुकभर रहेका निगमका डिपोमध्ये सबैभन्दा बढी ६० प्रतिशत पेट्रोलियम पदार्थ यहाँ जम्मा हुने गरेको छ। अहिले डिजेल मात्र दैनिक १ सय देखि १ सय २५ ट्यांकरसम्म आउने गरेको छ। बरौनीबाट २० हजार लिटरसम्म तेल आउने गरेको छ। ढुवानी भाडा एउटा ट्यांकरको मात्र ५० हजार बुझाउने गरिएको छ। काठमाडौंसम्म पुर्‍याउँदा ८५ हजार खर्च लाग्छ।

    पाइप लाइनमा एक घण्टामा २ लाख लिटर आउनेछ। जसमा जम्मा भएअनुसार ३५ लाख लिटर तेल बिक्री गर्न सकिनेछ। सुरु लागत सम्झौता २ सय करोड भारु भारत सरकार र ७५ करोड नेपाल सरकारले व्यहोर्ने गरी सम्झौता भएको थियो। अहिले लागत बढेर ३ सय २४ करोड भारु पुगेको छ। अहिले खर्च भारतले व्यहोरी रहेको छ।

    बजार क्षेत्रमा भूमिगत रूपमा पाइप विस्तार गरिएकाले लागत बढेको हो। अमलेखगन्जमा अर्को समस्या जग्गा अभाव छ। ‘लामो समय अघिदेखि पाइपलाइनका कुरा आएको हो,’ निगमका उपकार्यकारी निर्देशक विशाल ओझाले भने, ‘बल्ल उबेला चर्चा गरिएका कुरा पूरा हुँदै छ।’ उनका अनुसार पाइपलाइनमार्फत डिजेल आएपछि पहिलाको भन्दा केही सस्तो हुनेछ। पाइपलाइन विस्तार भइसकेपछि भारतीय विज्ञ टोली आएर हेर्नेछन्। सबै हेरिसकेपछि मात्र तेल आउन सुरु हुनेछ।

    यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष चासो दिनुभएको छ,’ भारतका पाइपलाइन डिभिजनका जेनरल म्यानेजर एनके पण्डाले भने, ‘त्यसैले काम तीव्र रूपमा भएको छ, जुनसम्म तेल आउनेछ।’ भारतले नाकाबन्दी गरेपछि चीनबाट समेत तेल ल्याइएको थियो। त्यसपछि भारतले पाइपलाइन विस्तारमा विशेष चासो दिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

    ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

    अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑