सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २३ । आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखी नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो ।
अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताउँछन् । ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागी छ । भोली हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने ।
यस मातृभूमि कप क्रिकेट प्रतियोगीता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो । साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले बताएको छ ।
क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा