सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २२। भारतीय शिक्षण प्रणाली दक्षताले भरिपुर्ण भएकाले नेपाली बिधार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिधार्थीहरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकषिर्त भएका हुन् ।
यसै कुरालाई मध्यनजर गर्दै नयाँ बानेश्वरमा अवस्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ । कृष्ण फाउन्डेशनको सहकार्यमा काठमाडौंमा तिन दिने करियर काउन्सिलिङको एण्ड इन्फर्मेसन सेसनको आयोजना गरिएको छ । उक्त कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले अप्रिल 6,7 र 8 तारिख नयाँ बानेश्वरमा अबस्थित कृष्ण भबन को चौथो तल्लामा रहेको कृष्णा फाउन्डेशनमा र 9 अप्रिल बिराटनगरमा अबस्थित डाइनामिक एजुकेशनमा रहेर परामर्श प्रदान गर्ने छन्। यसै बिषयमा केन्द्रीय हुदै कृष्णा फाउन्डेसनले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधि र पत्रकारहरुमाझ पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पत्रकार सम्मेलनमा कृष्णा फाउन्डेशनका प्रबन्ध निर्देशकसुजित कर्ण ले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरू लाई बडि भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कायक्रम को आयोजना गरिएको जानकारी दिनुभयो । कृष्ण फाउन्डेशन केही महिना पछि बृहत भारतीय शैक्षिक मेला को समेत आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोर का डाइरेक्टर इन्टरनेसनल रिलेसन अरविन्द सिभामनी का नेपाली बिधार्थी हरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिधार्थी हरूले भी आइटि युनिभर्सिटी मनपराएकै कारण यस बर्ष पनि बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको क्रममा जैन युनिभर्सिटी बेङ्गलोरका नेपाल प्रतिनिधि राहुल जेसवालले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थिति का बारेमा जानकारी गराउँनुभयो । ईन्जिनियरिङ अध्ययनको बारेमा जानकारी गराउने उद्देश्यले बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोरले इन्फर्मेसन सेसनमा बिधार्थी र अभिभावक हरू लाई परामर्श प्रदान गर्ने कलेजकी सिनियर काउन्सलर इञ्जिनियर पुजा पञ्जीयारले जानकारी दिनुभयो ।
एसआरएम युनिभर्सिटी चेन्नाई की सिनियर काउन्सलर निसी रानीले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिधार्थीहरूले बिश्वास गरेको र देश-बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी दिनुभयो । नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा