सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत २२। थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका ९४ वर्षीय भिक्षु अस्वघोषले करिब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहेका थिए ।
भिक्षु तपस्सीधम्मका अनुसार भिक्षुको पार्थीव शरीरलाई सर्वसाधारणको दर्शनका लागि आजै साँझबाट ढल्कोस्थित संघराम बिहारमा राखिने छ । महासङ्घको आपतकालीन बैठक साँझ ५ बजे बोलाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा