सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २२ । १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।
यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महिलालाई बलात्कार गर्नेलाई जन्मकैद हुने व्यवस्था गरिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा