सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २१ । हावाहुरीले बारा र पर्सा भत्किएका घर सरकारले निर्माण गर्ने भएको छ।
विहिवार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर नेपाल सरकारले बर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उनले आवास निर्माणको जिम्मा नेपाली सेनालाइ दिएको समेत जानकारी दिए ।
हालै हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरवार क्षति भई पिडित हुनुभएका पिडित जनताहरुको घर नेपाल सरकारले बर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नको लागि नेपाली सेनालाइ जिम्मेवारी दिइएको सबिनय सबैमा जानकारी गराउदछु।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 4, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा