सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २१ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठुलो परिमाणमा सुन वरामद गरेकाे छ।थाइ एयरवेजबाट आएको सो सुन प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको छ ।
५ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । थाइ लायन एयरवेजको बैंकक उडानबाट आएको सो सुन प्रहरीले बरामद गरेको हो। पक्राउ पर्नेमा बबिता, सुनिता, सरिता र जतिन रहेका छन्।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले गहनाकाे स्वरूपमा लेप लगाएकाे अवस्थामा सुन बरामद भएकाे हाे। उनले सुन परिक्षणका लागि पठाएकाे बताए।पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन्। विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा