सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २१। माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट गर्नेको पहिचान भएको छ। अभियुक्तहरुलाई प्रहरीले आज बिहीबार सार्वजनिक गर्दैछ ।
प्रदेश २ मा लगातार दुई दिन (१४ र १५) गते चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।
एसईईको प्रश्नपत्र लगातार दुई दिन बाहिरिए पछि प्रदेश २ मा सामाजिक र विज्ञान विषयको परीक्षा स्थगित गरिएको थियो। यसै विषयलाइ लिएर विद्यार्थीहरू आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।
लगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए। प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा