सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २१ । बिहीबार देशभरको मौसममा बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विहिबार दिउँसो देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा तथा पश्चिमी भु–भागका १(२स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
राति देशको पुर्वी र मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका थोरै स्थानमा, पश्चिमी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू–भागहरुका एक–दुइ स्थानमा हल्का हिमपातको संभावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा