सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १९ । एनआईसी एशिया बैक र महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा एनआईसी एशिया बैकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग एनआईसी एशिया बैंकको २८१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा