सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १९। बारा र पर्सा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारको लागि नेपाल प्रहरी श्रीमती संघद्वारा पठाएको राहत सामाग्री लिए नेपाल प्रहरीको सवारी साधन त्यसतर्फ प्रस्थान गरेको छ।
बर्षेनि बर्षा मासमा बाढीले रुवाउने नेपालको तराइ मधेसलाई यो पटक चैते हावाहुरीले रुवाएको छ । दर्दनाक बनेको छ मधेसको बर्तमान स्थिती । आँखामा आँसु नभएका मानिस बिरलै होलान । यो एक दैवीप्रकोपले मधेस मात्र नभई पुरै देश नै रोएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलि सहित स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको टोलि हिजो (सोमबार) बारा र पर्साका विभिन्न अस्पताल जहाँ घाइते भर्ना गरिएका छन त्यहाँ पुगेका थिए। घाइतेहरु उपचारमा राज्यले सघाउने प्रधानमन्त्री ओलिले बताउदै उपचारमा कुनै कमि नगर्न आग्रह गर्नुभएको थियो। राष्ट्रपती बिद्यादेवी भण्डारीले पनि उपचारको जोहो राज्यले गर्नुपर्ने बताउनुभएको छ ।
त्यस्तै हावाहुरीबाट घाइतेलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज पुगेर छन् । देउवाले आज (मंगलबार) बिहान नारायणी अञ्चल अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।
घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए । उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकता देखिएको छ। त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्ने समेत बताउनु भएको छ।
आइतबार आएको हावाँहुरीले २७ जनाको ज्यान लिएको छ भने ४०० भन्दा बढि घाइते भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा