सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई बिगारेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।
सीआईबीको टोलीले पाल्पाको परान्दी गाउँपालिकाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा