सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १८। नेपाली कांग्रेसका युवा नेता गगन थापाले बारा र पर्सा बासीमा सबैको सहयोगको खाँचो रहेको बताउँनु भएको छ।
थापाले गए राती तराईको बारा, पर्सा लगायतका ठाउँमा चलेको भीषण हावाहुरीका कारण धेरै मानवीय क्षति र धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्नु भएको छ।
उँहाले समजिक संजाल फेसबुक मार्फत आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्नु भएको छ।
थापाले भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुकाे शीघ्र स्वास्थलाभकाे कामना समेत गर्नु भएको छ।
आइतबार राति आएको हावाहुरीमा परी अहिलेसम्म २७ जनाको मुत्यु तथा ५०० भन्दा बढी घाइते भएका छन्। सबै घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको छ भने केहिलाई अस्पताल लगिदै छ ।
प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया दिने घोषणा गरेको छ । सोमबार विहान बसेको प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्काल रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
गगन थापाले समजिक संजाल फेसबुकमा लेख्नु भएको छ : गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुकाे शीघ्र स्वास्थलाभकाे कामना। अहिले बारा र पर्सा बासीमा सबैको सहयोग को खाँचो रहेको छ। आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा