सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १८ । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका कार्यक्रम स्थगन गरेर आँधीप्रभावित जिल्ला जाने भएका छन्। ओली भद्रपुरबाट बिहान साढे १० बजेपछि सेनाको हेलिकोप्टरमार्फत सिधै बारा जान लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
हावाहुरीले बारा, पर्सालगायतमा ठूलो संख्यामा मानवीय क्षति भएको जानकारी पाएपछि ओली पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी त्यहाँ जान लागेका हुन्। झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन यसअघि निर्देशन समेत दिइसकेका छन् ।
बारा पुगी उहाँले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, परिवारलाई समवेदन प्रकट गर्नुहुने बताइएको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा