सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान, चैत्र १८ । भत्काउनुपर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकाले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ ।
धरान-विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो ।
क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट अन्याउनु गलत भएको स्थानीयको गुनासो छ । सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् ।
विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । आजकाे अन्नपूर्ण पाेस्टमा याे समाचार छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा