सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १७ । सञ्चारमन्त्री गोकुल बास्कोटाले कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक सबैलाई छ तर हुँदै नभएको कुरा गर्नु राम्रो होईन।
आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले भने पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन् । सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनले बताए ।
मन्त्री बास्कोटाले, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन । ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’
उहाँले ‘ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न भएको पनि बताउनु भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा