सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नकआउट चरण अन्तर्गत फिफा विश्वकपमा पाँच पटकको विश्वकप च्याम्पियन ब्राजील ले मेक्सिकोलाई २–० गोलले पराजित गरेको छ । सामरा एरीना स्टेडियममा भएको खेलमा ब्राजीलको लागी पहिलो गोल स्टार खेलाडी नेयमार र ग्राउण्डमा सब्सिच्युटमा आएको २ मिनेटमै ब्राजीलको लागी दोस्रो गोल फिरमिनोले गरेका हुन् । जितसँगै ब्राजील शानसँग क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
खेलको ५१ औ मिनेटमा पहिलो गोल नेयमारले गरेका थिए भने रोबर्टो फर्मिनोले ८८ औ मिनेटमा गोल गर्दे ब्राजीललाई दोहोरो अग्रता दिलाएका थिए । यदि मेक्सिकोका गोल किपर गुलेरमो ओचोआले केही राम्रा गोलहरुलाई नबचाएका भए ब्राजीलको जितको अन्तर यो भन्दा धेरे हुन्थ्यो ।
नेयमारले दोस्रो गोल गर्न पनि अहम भुमिका निभाएका थिए । उनले बायाँ तर्फबाट बल सम्हालेर अगाडि बढिरहे गोल पोष्ट तिर ताकेर हाने जसलाई ओचोआ ले रोक्ने कोसिश गरे, तर फर्मिनो तयारी अवस्थामा थिए जसलाई उनले शानदार गोलमा परिणत गरे ।
दुबै टिमले आक्रामक शुरुआत गरेका थिए तर खेलको २० मिनेटमा मेक्सिको धेरै आत्म विश्वासका साथ लयमा देखियो । यसैबिच टिमलाई गोल गनै मौका पनि मिल्यो तर मेक्सिको का हिरविंग र ब्राजीलका नेयमार दुबै अवसरलाई सदुपयोग गर्न सकेनन् ।
ब्राजील दोस्रो हाफमा शुरुदेखी नै मेक्सिको माथि हावि भयो । कोटिन्होलाई ओचोआ ले गोल गर्न दिएनन् तर लगातारको दबाब बढाउदा उनीहरुलाई तब फाइदा भयो जब नेयमारले गोल गरे ।
छैठौ पटक विश्वकपको लक्ष्य लिएर मैदानमा उत्रिएको ब्राजीलको टिम यो विश्वकपमा सामान्य खेलबाट शुरुवात गरेसँगै लयमा फर्किएको छ ।
आजको खेलसँगै ब्राजीलको तर्फबाट नेयमारले अहिलेसम्म ८९ म्याचमा ५७ गोल गरेका छन् भने विश्वकपमा नेयमारको गोलको संख्या ६ गोल पुगेको छ ।
ब्राजील क्वार्टर फाइनलमा बेल्जियम र जापान विच हुन लागेको खेलको बिजेतासँग भिड्नेछ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा