सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
छैठौ पटक विश्वकप जित्ने लक्ष्य लिएर उत्रेको ब्राजीलको टिम विश्वकपमा खासै राम्रो शुरुवात नगरेपनि लयमा भने देखिएको छ । सोमबार उसको प्रतिस्पर्धा मेक्सिकोसँग हुदैछ । लगातार सातौ पटक विश्वकप खेलिरहेको मेक्सिकोको टिम र पाँच पटक विश्वकप च्याम्पियन ब्राजीलको विरुद्ध सोमबार हुन लागेको प्रतिस्पर्धामा उसको ब्राजीलको विश्वकप जित्ने दाबीलाई खारेज गर्न भने सकिदैन ।
गत विश्वकपको च्याम्पियन जर्मनीलाई मेक्सिकोले पहिलो म्याचमा नै पराजित गरेको थियो भने दक्षिण कोरीया विरुद्धको खेलमा पनि जित हासिल गर्न सफल भयो जबकी स्वीडेनसँगको हार पछि उसलाई ग्रुप एफको दोस्रो स्थानमा बस्नु पर्यो जो यो पटकको विश्वकपमा बलियो दाबेदारी खेल मार्फत दिइरहेको छ ।
ब्राजीलसँग १९५८ पछि युरोपियन धर्तिमा विश्वकप जित्ने मौका छ । निश्चित रुपमा टिमलाई आफनो स्टार स्ट्राइकर नेयमारबाट धेरै नै आशा छ तर उसको बलियो रक्षा पक्तिलाई फेरी एकपटक खरो रुपमा उत्रनु पर्ने हुन्छ किनभने हरेक विश्वकपमा सधै यही कुरा रोचक बन्छ कि कस्ले धेरै गोल हान्यो तर यो पनि एउटा तथ्य हो कि विश्वकप त्यही टिम जित्न मा सफल हुन्छ जसको रक्षा पक्ति बलियो हुन्छ ।
पछिल्लो पटक जर्मनी जब च्याम्पियन बनेको थियो तब उसले सात म्याचमा केबल ४ गोल मात्र खाएको थियो । यही रुपमा २०१० मा स्पेनले दुई तथा यसरी नै २००६ मा इटली माथि पनि यति नै गोल गरेको थियो ।
ब्राजीलको लागी चिन्ता बायाँ पटिका मार्सेलोको चोट अवश्य नै हुनेछ जुन ढाडमा भएको दुखाईको कारण सर्विया विरुद्धको खेलमा खेल शुरु भएको १० मिनेटमै मैदान बाहिर निक्लेका थिए ।
ब्राजीलको कोच टिटेलाई थाहा छ कि स्टार नेयमारको अलावा टिमसँग केही अरु खेलाडीहरु छन जो नकआउट चरणमा अहम भुमिका निभाउन सक्छन् । ब्राजीलका केसेरिनो भन्छन् कि फुटबलमा प्राय एक–दुई खेलाडीहरुको बारेमा कुरा गरेर उत्साहि बनाइन्छ तर खेल जित्न एउटा संन्तुलित टिमको आवश्यकता पर्दछ । १९९४ र २००२ मा जब ब्राजीलले विश्वकप जितेको थियो तब टिमसँग कैयौ आक्रमक खेलाडी थिए ।
इतिहास रच्ने मुडमा मेक्सिको
ल्याटिन अमेरीकी टिम यो भन्दा पहिला ६ पटक दोस्रो चरणबाट अगाडि बढ्न सकेको छैन । यो पटक उसको योजना कमसे कम पाँचौ म्याच खेल्ने यानी क्वार्टर फाइनलसम्म पुग्ने लक्ष्य छ । चार बर्ष पहिला ब्राजीलमा भएको खेलमा नेदरल्याण्डको विरुद्ध उनीहरुलाई अन्तिम मिनेटमा दुई गोल हान्दा हारको सामना गर्नु परेको थियो । यस मध्येको एक गोल विवादास्पद पेनाल्टिमा आर्जेन रोबेनले इन्जुरी समयका गरेका थिए ।
रोचक केही तथ्यहरु
– ४१ औ पटक ब्राजील र मेक्सिको को टिम हुनेछ आमने–सामने , यसमा २३ पटक ब्राजीलले जितेको छ भने १० पटक मेक्सिकोले जितेको छ ।
– ६ विश्वकपमा लगातार कहिलेपनि क्वार्टर फाइनलबाट अगाडि बढ्न सकेको छैन मेक्सिको ।
– ८ गोल खाएको छ ब्राजीलले आफनो पछिल्लो २८ प्रतिस्पर्धामा, ब्राजिलले कोच टिटेको कार्यकालमा २४ म्याचमा १९ म्याच जितेको छ ।
– ४ विश्वकपदेखी ब्राजीलको विरुद्ध एक गोल पनि गर्न सकेको छैन मेक्सिको ।
– विश्वकपमा ५७ म्याच खेलिसकेको मेक्सिकोले एक पटकप नि शिर्षक भने जित्न सकेको छैन ।
“हाम्रो प्रतिस्पर्धा पाँच पटकको च्याम्पियन ब्राजीलसँग हुदैछ यो समयमा उत्कृष्ट प्रदर्शन गर्नको लागी यो भन्दा राम्रो समय अरु के हुन सक्छ र ? यो हाम्रो जिन्दगीको सबैभन्दा ठुलो म्याच हो । हामीहरुलाई थाहा छ कि उनीहरुको टिममा नेयमार छन् । हामीले उनीमाथि अंकुश राख्नु पर्ने हुन्छ । हामीहरुलाई थाहा छ कि उनी पटक पटक लड्नेछन् ता कि हामी विरुद्ध फाउल होस तर यो उनको शैली हो । अव यो पटक प्रविधिलाई कम गनु पर्ने जरुरी हुन्छ “। आन्द्रेयिस गुआरडाडो, मेक्सिको का कप्तान
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा