सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्वीडेनले बुधबार फिफा विश्वकप २०१८ को ४१ औ म्याचमा मेक्सिको लार्य ३–० ले हराउदै ईतिहास रचेको छ । यो जित स्वीडेनको लागी ठुलो बरदान सावित भएको छ किनभने १२ बर्षपछि फिफा विश्वकपको अगिल्लो चरणमा उसले ठाउँ बनाउन सकेको हो । यद्यपी, जर्मनीको हारको कारण मेक्सिकोले पनि अन्तिम १६ मा आफनो स्थान पक्का गरेको हो ।
स्वीडेनको तर्फबाट आंद्रेस ग्रानक्विसाइट र लुढविग अगस्तीनसोनले गोल गरे जबकि मेक्सिकोका एडसन अल्वारेनले आत्मघाति गोल गर्दे विरोधि टिमलाई बढावा दिर्दे ३–० को जित दिलाए ।
खेलको ५० औ मिनेटमा लुडविगले गोल गर्दे स्वीडेनलाई १–० को शुरुवाती अग्रता दिलाए । लुडविगले राम्रो किक हाने जसलाई मेक्सिकोका गोल किपर ओछोआले रोक्न सकेनन् ।
यसपछि स्वीडेनलाई दोहोरो खुशी मिल्यो उसलाई अन्तिम १६ मा पुग्नको लागी मेक्सिकोलाई २–० गोल अन्तरले हराउनु जरुरी थियो यो मौका स्वीडेनलाई ६१ औ मिनेटमा मिल्यो । हेक्टर मोरेनोले एमिल बर्गलाई खसाले, जसको कारण स्वीडेनलाई पेनाल्टि मिल्यो , ग्रानक्विसाइटले यसलाई गोलमा परिणत गर्दे स्कोरलाई २–० सम्म पुर्याए ।
खेलको ७५ औ मिनेटमा मेक्सिकोका एडसन अल्वारेजले आत्मघाति गोल गर्दे स्वीडेनको बढावा ३ गुणाले बढाए ।
मेक्सिकोले म्याच हारेपनि उसलाई भाग्यको साथ भने अवस्य मिल्यो । जर्मनीको हारको कारण मेक्सिको अन्तिम १६ मा पुगेको छ भने यता स्वीडेनले इतिहास रच्दै १२ बर्षपछि अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीडेनले दक्षिण कोरीया विरुद्ध आफनो पहिलो म्याचमा १–० ले जित हासिल गरेको थियो भने जर्मनीसँगको खेलमा १–२ ले पराजित भएको थियो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा