सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँच पटक च्याम्पियन ब्राजील र सर्बिया विच बुधबार रोचक प्रतिस्पर्धा हुने सम्भावना छ । दुबै टिमसँग ग्रुपमा शिर्ष स्थानमा आउन, दोस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्न र पहिलो चरणबाटै बाहिरिनु लगाएतका खतरा पनि कायमै छ । ब्राजीलले पहिलो म्याच स्विजरल्याण्ड विरुद्ध १–१ को बराबरी खेलेको थियो तर कोस्टारिकालाई २–० ले हराउदै उसले आफनो अगिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको थियो । सर्बियाले कोस्टारि विरुद्ध १–० को जित हासिल गरेको थियो तर स्विजरल्याण्ड विरुद्ध उसले १–२ ले हार ब्यहोनु परेको थियो ।
ब्राजीलको टिमले आजको खेलमा खासै बदलाव नगर्ने देखिन्छ । आज मैदानमा त्यही टिम उत्रने सम्भावना छ जुन कोस्टारि विरुद्ध जित दिलाउन उत्रेका खेलाडी थिए । फिलिप कोटिन्हो र नेयमारले अन्तिम समयमा गोल गरेका थिए । उता सर्वियाको ६ जना खेलाडीलाई कार्ड देखाइसकिएको छ भने अब एउटा कार्ड देखाएमा अन्तिम १६ मा प्रवेश पाउन टिमलाई मुश्किल पनि पर्नेछ तर पनि सर्वियाली कोचसँग आफनो उच्च टिम उतारनुको अलावा कुनै पनि विकल्प छैन ।
यो विश्वकपमा ब्राजीलको प्रदर्शन खासै राम्रो जम्न सकेन खेल महाकुंभ भन्दा पहिला तयारीको दौरान उसले २१ मे देखि केवल एक म्याच मात्र हारेको थियो, कुल ४७ गोल गरेको थियो भने केबल ५ गोल मात्र आफुले खाएको थियो ।
ब्राजीलको लागी अगिल्लो चरणमा पुग्न ड्र मात्र भएपनि पुग्ने
सर्बियाको विरुद्ध उसले ड्र भएपनि उ नकआउट चरणमा प्रवेश गर्नेछ । यदि उसले जितेमा दोस्रो स्थानमा रहेको स्विजरल्याण्डको टिम कोस्टारिकालाई हराएमा दुबै टिमसँग सात–सात अंक हुनेछ तर गोल अन्तरमा हाल ब्राजील एक गोलले अगाडि छ । यदि ब्राजील र स्विजरल्याण्डको अंक र गोल अन्तर समान रहेमा अनुशासनात्मक रेकर्डको आधारमा निर्णय हुनेछ । ब्राजीलको खेलाडीहरुलाई ३ वटा एल्लो कार्ड देखाइएको छ भने स्विजरल्याण्डको खेलाडीलाई चार ।
सर्बियासँग पनि छ मौका
यदि सर्बियाको टिम ब्राजीललाई हराएमा अगिल्लो चरणमा प्रवेश गर्नेछ तर स्विजरल्याण्डलाई कोस्टारिकाको विरुद्ध एक भन्दा बढि गोलले हारेमा उसको लागी ड्र पनि धेरै हुनेछ । यदि सर्बिया गु्रपमा शिर्ष स्थानमा आउनको लागी उसलाई जितको अलावा यो स्विजरल्याण्डलाई कोस्टारिकाले हराउनु पर्ने हुन्छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा