सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो तिन महिनादेखी पुरै ब्राजील तथा अन्तराष्ट्रि खेल प्रे्मीहरु स्टार फरवार्ड नेयमार विश्वकप खेल्न सक्छन् या सक्दैनन् भनेर दुविधामा थिए । देशी तथा विदेशी फ्यानहरुको चिन्तालाई दुर गर्दे नेयमार विश्वकपको मैदानमा उत्रने भएपछि उनको काधमा ब्राजीलको जिम्मेबारी थपीएको छ । पाँच पटक विश्वकप च्याम्पियन बनिसकेको ब्राजील आज (जुन ७) मा आफनो अभियानको शुरुवात स्विजरल्याण्ड विरुद्ध प्रतिस्पर्धामा उत्रेर गर्देछ ।
विश्वकको सबैभन्दा महंगा फुटबलर नेयमार चोटबाट पुरै स्वस्थ भएर निस्केका छन् । आफनो क्लब पेरिस सेन्ट जर्मेनबाट मार्सेली बिरुद्ध फेब्रुवरीमा भएको म्याचको दौरान नेयमारलाई चोट लागेको थियो । त्यसपछि खेलमा फर्किएका नेयमारले विश्वकपको अभ्यास खेलमा क्रोएशिया र अष्ट्रेलिया विरुद्ध गोल पनि हानेका थिए ।
कोच टिटेको ब्राजील टिमका २६ बर्षिय स्ट्राइकर शिविरमा साथिहरुसँग हाँसो ठट्टा गरीरहेको देखिरहेका छन भने प्रशंसकहरुलाई अटोग्राफ पनि जमेर दिइरहेका छन् । ब्राजील टिम विश्वकपको प्रमुख दाबेदारको रुपमा पनि देखिएको छ । पछिल्लो पटक भएको विश्वकपमा जर्मनीले ७–१ ले फाइनलमा हराएको झट्कालाई पछाडि नै छोड्न पनि चाहन्छ ब्राजील ।
पछिल्लो हप्तामात्र नेयमारले आफनो ५५ औ अन्तराष्ट्रिय गोल गरे र हमवतन रोमारियोसँग बराबरी गरे । अब उनी ब्राजीलमा केबल दुृई स्कोरर रोनाल्डो (६२) र पेले (७७) भन्दा पछाडि रहेका छन् ।
विश्वकपमा नेयमारले आफनो पछिल्लो म्याच २०१४ को क्वार्टर फाइनल प्रतिस्पर्धामा कोलंयिबा विरुद्ध खेलेका थिए जसमा टिमले जित्न त जित्यो तर उनी उक्त प्रतिस्पर्धामा घाइते भएर फर्कनु पर्यो । ब्राजीलको बलियो टिमभित्र पछिल्लो विश्वकप खेलेका ६ जना खेलाडीहरु छन् भने नेयमार फिट भएकोले टिमको हौसला र मनोबल पनि बढेको छ ।
गोलकिपर एलिसन भन्छन् “नेयमार खेलमा फर्कनु र विश्वकपमा सामेल हुनु हामे लागी गौरब हो” ।
त्यस्तै स्ट्राइकर गै्रबिएल जीसस भन्छन् “ओलम्पिकको दौरान मैले नेयमारलाई नजिकबाट चिनेको छु । उनी जती राम्रो देखिन्छन् त्यो भन्दा धेरै राम्रो खेल्छन् । उनी म्याचको दौरान विचार विमर्श गर्छन भने सबैलाई खेलमा उत्साहित बनाउन प्रेरित पनि गर्छन” ।
थिएगो सिल्वाले भने “तिन महिनापछि फर्केका नेयमारले जम्मा डेढ म्याच मात्र खेलेका छन् । उनले उच्चस्तरीय खेल देखाइरहेका छन् । यस्तो किसिमले खेलमा फर्कने विश्वास उनीमा पनि थिएन होला” ।
उता स्विजरल्याण्डको टिमले प्लेअफ मार्फत विश्वकपको लागी टिकट पाएको थियो । उत्तरी आयरल्याण्डलाई पराजित गर्दे टिमले विश्वकपमा ठाउँ बनाएको हो । ब्लादिमीर पेटकोविच को टिममा कैयौ युवा खेलाडीहरु छन् जसमा ब्रील एम्बोलो, शकीरी र रिकार्डो रोड्रिग्ज पनि छन् । कप्तान स्टीफन लिचेटस्टेनरको टिममा हेरिस सेफरोविच ले क्वालिफाइंग मा आफनो टिमको तर्फबाट सर्वाधिक चार गोल गरेका छन् । उनी टिमको सबैभन्दा बढि अनुभवि खेलाडी पनि हुन् ।
महत्वपुर्ण फ्याक्ट्स
– १२९ मिनेट मैदानमा विताएका नेयमारले चोटपछि फर्के पनि दुई गोल गरे ।
– १९५४ पछि पहिलो पटक क्वाटर फाइनलको लक्ष्य लिएर मैदानमा उत्रदैछ स्विस टिम
– २००९ मा फिफ अन्डर १७ विश्वकपमा स्विजरल्याण्डले ब्राजीलको टिमलाई हराएको थियो । त्यो समय ब्राजील टिममा रहेका ४ जना खेलाडी नेयमार, कौटिन्हो, एसिलसन र क्यासमिरो पनि उक्त टिममा सहभागी थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा