सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उरुग्वेलाई पहिलो विश्व च्याम्पियनको रुपमा फुटबलको दुनिया याद गर्दछ । १९३० मा आफनै देशमा आयोजना भएको पहिलो फिफा विश्वकपको फाइनलमा पाहुना अर्जेन्टिनालाई उरुग्वेले ४–२ गोलले पराजित गर्दे ऐहिासिक शिर्षक आफनो हातमा पारेको थियो ।
१३ टिम, तिन मैदान र १८ प्रतिस्पर्धा
त्यो बेला १३ टिमका विच तिन मैदानमा खेलिएको कुल १८ खेलपछि च्याम्पियनको फैसला भएको थियो । चार ग्रुप मा १३ टिममा विभाजित गरिएको थियो जसको हरेक ग्रुप को शीर्ष टिमले सेमिफाइनलको लागी क्वालीफाई तय गर्यो ।
गुईलेर्मो को नाममा आठ गोल
अर्जेन्टिनाको गुईलेर्मो स्टाबाइलले यो विश्वकपमा सबैभन्दा बढि आठ गोल ठोके जबकि पुरै टुर्नामेन्टको दौरान कुल ७० गोल गरियो जसमा ३७ अलग–अलग खेलाडीहरुले योगदान दिए । फ्रान्सका लुसेंट लारेन्ट विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।
उरुग्वेको शानदार प्रदर्शन
लीग चरणमा सबै प्रतिस्पर्धा जिते पछि उरुग्वे र अर्जेन्टिनाले फाइनलको लागी क्वालिफाई गरे । सेमिफाइनलमा उरुग्वेले युगोस्लाभिया र अर्जेन्टिनाले अमेरीकालाई ६–१ ले हराउदै फाइनलको बाटो तय गरेका थिए ।
विना क्वालिफायरको खेल
पहिलो विश्वकप एउटै मात्र यस्तो विश्वकप खेल बन्यो जसमा विना क्वालीफायर विश्वकप खेलीयो । उरुग्वेलाई पहिलो विश्वकप खेलाउने अवसर यस कारण मिल्यो कि यसअघि आयोजनाको प्रस्ताव राख्न दोस्रो देशहरुले वोली लगाउनबाट अस्विकार गरेका थिए ।
६८००० दर्शक
१९२८ ओलम्पिकको स्वर्ण पदक विजेत उरुग्वेको टिमले ६८ हजार भन्दा बढि घरेलु दर्शकहरुको अगाडि अर्जेन्टिनालाई हराउदै शिर्षक हातमा पार्यो । अमेरीकाले तेस्रो स्थान हासिल गर्यो भने युगोस्लाभियाले चौथो स्थानमा चित्त बुझायो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा