सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज । दशैं बिदापछिको दोस्रो कारोबारको दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधबार ४३ दशमलव २२ अङ्कले बढेर २ हजार ७४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।
यसदिन ३२० वटा कम्पनिको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा