सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ साउन । साताको तेस्रो कारोबार दिन सुनको भाउ २१०० रुपैंयाले बढेर १ लाख ५० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत साउन २१ गते सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला २५ रुपैंयाले बढेर हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा