सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ साउन । साताको अन्तिम कारोबारको दिन सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ प्रतितोला ५०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ ५ रुपैंयाले घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा