सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ५ असार । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ ।
फ्लाइ नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो ।
फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक नचाउनेछन् ।
कार्यक्रममा मोडल करिष्मा ढकालको नृत्य प्रस्तुती रहनेछ ।
‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो ।
यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीले भने ।
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।
‘अब हाँस्छ अमेरिका’ यसै वर्षको जनवरीदेखि फेब्रुअरीसम्म अमेरिकाका १४ राज्यमा सञ्चालन भएको थियो । यो कार्यक्रममा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायतका कमेडियनले दर्शक हँसाएका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा