सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ५ असार । कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन् । लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन् । लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ ।
गान्धीले राजीनामा दिनुअघि कांग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए । लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए ।
सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कांग्रेसका ९८ सांसद रहनेछन् । कांग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा