सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ जेठ । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । यस दिन सुनको भाउ प्रतितोला २०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैंयाले घटेर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा