सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ असोज । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्या स:मिल भित्र शुक्रबार राति ४ जनाको धारिलो हतियार प्रयोग गरी हत्याको खबरले सुरक्षा चु्नौती माथि प्रश्न खडा भयो । घट्नास्थल राजधानिको मुटुमा रहेको गैह्रीगाउँ र बानेश्वर प्रहरी वृत्तबाट लगभग ३ सय मिटरको दुरीमा छ । त्यहीँ कहाली लाग्दो निर्मम सामुहिक हत्याले धेरैलाई शनिबार स्तब्ध बनायो । धेरेले सामान्य विवादमा पनि हत्याको शृखंला बढेको भन्दै चिन्ता ब्यक्त गरे ।
घट्नामा ७६ बर्षिया बृद्धाको पनि खुकुरी प्रहार गरी हत्या भएको खबरले धेरैले मनमा त्यस्ती बृद्ध महिलालाई पनि किन मार्न पथ्र्यो र भन्दै प्रश्न खडा गरे । धेरैको मनमा सुरक्षा र हत्याको बिषयलाई लिएर अनेकन प्रश्नहरु खडा भयो ।
उक्त घटनामा दोलखा कालिन्चोक गाउँपालिका –८ घर भई हाल काठमाण्डौँ महानगर ३२ तिनकुने स्थित दिव्य स:मिलमा कामदारको रुपमा बस्दै आएका एकैघरमा बर्ष ५६ का कुमार भुजेल भन्ने पुर्ण बहादुर भुजेल उनकी श्रीमती ५० बर्षिया अम्विका भुजेल, उनकै ७६ बर्षिया आमा सुभद्रा भुजेल रहेका छन् भने सोही घटनमा धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भई हाल सोही मिलमा बस्ने १९ बर्षका नबिन भन्ने विशाल राईले पनि ज्यान गुमाए ।
घटना मिति २०८० साल भाद्र २९ गते राती अंन्दाजि २१:४५ देखी २२ः१५ बजे काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्या स:मिलमा भएको हो । हत्यामा संलग्न मुख्य ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.९ स्थायी घर भई हाल काठमाडौँको काँडाघारी बिरेन्द्र चोक बस्ने २३ बर्षिय संजय भण्डारीलाई आइतबार पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
घटनापछि खुकुरीसहित भागेका भण्डारीलाई प्रहरीले सिसीटिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताए ।
जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षा सम्म अध्ययन गरी १२ कक्षा सम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा विज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ ।
हत्याको कारण
भण्डारीका अनुसार केही समय अगाडी मृतक विशाल राईले चलाएको मोटरसाईकलले चाबहिलमा ठक्कर दिँदा विवाद भएको हो । विवादपछि मृतक राईले भण्डारीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानको बयानमा उनले भनेका छन् । सोही कुटपिटको रिसईबी तथा प्रतिषोधका कारण भण्डारीले राईसँग बदला लिन उक्त घटना घटेको प्रहरीले जनाएको छ । उनले बाटो आवत जावत गर्ने क्रममा मृतक विशाल राईलाई सःमिलको घर टहरोमा ३–४ पटक देखेपछि एकपटक उपचार खर्चका विषयमा कुरा गर्ने सोच बनाएको र त्यही आधारमा शुक्रबार गएको अप्रत्याशित रुपले घटना घटेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । तथापि यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेकै छ । सुरुमा राईको टाउकोमा खुकुरी प्रहार गरका भण्डारीले सुभद्रा भुजेलले देखेपछि बाहिर सबैलाई थाहा हुने डरले भुजेल परिवारलाई समेत खुकुरी प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीको अनुसन्धानमा छ ।
हत्याको विवरण
भण्डारीले भाद्र २९ गते मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भनि आफु बस्ने गरेको दिदि भिनाजुको काँडाघारी बिरेन्द्र चोकमा रहेको घरको डेरा कोठाबाट हत्यामा प्रयोग भएको खुकुरी आफुले बोक्ने झोलामा हाली निस्केका थिए । सोही दिन बेलुकाको समयमा उक्त स मिलको पछाडी पट्टीको बन्द गेटबाट माथी चढी मृतक विशाल राई बस्ने कोठामा पुगेका भण्डारीले राईलाई तत्काल नदेखे पछि सोही कोठाको सोफामा केही समय बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केही क्षणपछि मृतक विशाल राई कोठमा आईपुगेको र राईले किन यहाँ बसेको भनि कुटपिट गरे पछि भण्डारीले रिस थाम्न नसकेर खुकुरी प्रहार गरेका थिए । खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको भण्डारीले स्विकार गरेका छन् ।
राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले देखी कराएको जस्तो लागेपछि उनले आफुलाई चिन्ही यो घटना बाहिर आउछ भन्ने डरले ति ७६ बर्षिया बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरे।
सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखि निजलाई पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानको बयानमा उनले भनेका छन् ।
त्यसपछि निज मृतक पुर्ण बहादुर भुजेलको श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले उनले समेत सो घट्ना देखेकोले बाहिर नल्याओस भनि अम्विकाको पनि टाउकोमा नै पटक पटक प्रहार गरी हत्या गरेको उनले स्विकार गरेका छन् ।
भण्डारीले मृतक कुमार भुजेलको लाशलाई घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाईलेटको ढोका छेउमा लगी फालेको थिए । अम्बिका भुजेलको लाशलाई पानीको कल छेउमा लगी फालेको र सुभद्रा भुजेलको लाशलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगेर फालेको प्रहरीले जनाएको छ ।
भण्डारीले चारै जनाको हत्या गरे पश्चात बाहिर मेन गेटमा ड्याङ ड्याङ आवाज आएको तथा बत्तिको लाईट समेत देखिएको कारण कोही आएकी भनि आफु प्रवेश गरेकै पछाडी पट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी बिरेन्द्र चोकमा रहेको निजको दिदि भिनाजुको कोठामा गई सुतेका थिए ।
शनिबार बिहान उठी खाना खाए पछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्साल स्थित विद्यालयमा नै साथीहरुसँग भेट्न गएका भण्डारी घर आई खाना खाई सुतेका थिए ।
आईतबार बिहान उठी खाना खाई सके पछि भण्डारीले आफूलाई प्रहरीले खोजी रहेको हुन सक्छ भन्ने आशंका गरी आफ्नै सिन्धुपाल्चोक स्थित घर गाउँ गई लुकिछिपी बस्छू भनि काँडाघारी बिरेन्द्र चोक स्थित दिदि भिनाजुको घरबाट निस्केका थिए । घर जान लागेका भण्डारीलाई सोही ठाउँबाट प्रहरीले आइतबार पक्राउ गरेको छ ।
उनलाई प्रहरीले घटनाको दिनमा समेत बोकेको झोला र उक्त झोलामा घटनामा प्रयोग भएको खुकुरी सहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
क्रुर हत्यामा संलग्न उनलाई विभिन्न विधी र प्रविधि प्रयोग गरी खुलेको हुलिया विवरण अनुसार खोज्दै जाने क्रममा २ दिनमै पक्राउ गरेको एसएसपी राठौरले जानकारी दिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा