सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तीन पटकको आइपीएल च्यापियन चेन्नई सुपर किंग्सलाई फाइनलमा पुग्नबाट नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लि क्यापिटलले रोक्नु पर्ने हुन्छ । महेन्द्र सिंह धोनीको अनुभवी टिमको अगाडि दिल्लिाका युवा खेलाडीहरु हुनेछन् । चेन्नई भलेही तिन पटकको च्याम्पियन हो, तर उसले दिल्लिलाई हल्का रुपमा लिन सक्दैन । यद्यपी, यो सिजनमा चेन्नई र दिल्लि दुई पटक आमने–सामने आईसकेका छन् । दुई पटक चेन्नईले बाजी मारेको छ भने एक पटक यो आइपीएलमा दुबै शुक्रबार (आज) विशाखापट्टनम मा भिड्नेछन् ।
दिल्लिको टिम यो सिजनमा केही बदलेको देखिन्छ । टिमका माथिल्लो तहका खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । शिखर धवन फर्ममा छन् भने पृश्वीले केही राम्रा पारीहरु खेलेका छन् । यता, मध्यक्रममा रिषभ पंत र श्रेयस अथ्यर लगातार टिमको लागी रन बनाउदै आइरहेका छन् ।
दिल्लिले यो म्याचमा कागिसो रबाडालाई मिस गर्नेछ, किनभने अहिलेसम्म ट्रेंट बोल्टको बलिङ खासै राम्रो रहन सकेको छैन । स्पिनको जिम्मेदारी अमति मिश्राको काधमा हुनेछ, जसले पछिल्लो म्याचमा धेरै राम्रो खेल प्रदर्शन गरेका थिए । धोनीको कप्तानी वाला चेन्नईले यदि यो खेलमा जित हासिल गर्नु छ भने उसले मुंबईका यी खतरनाक खेलाडीहरु विरुद्ध खास रणनिति बनाउनु जरुरी हुनेछ ।
श्रेयस अथ्यर
दिल्लिको कप्तानी सम्हालेका ब्याट्सम्यान श्रेयस शानदार फर्ममा छन र उनी टिमको लागी एक पटक फेरी राम्रो प्रदर्शन गर्ने होडमा हुनेछन् ।
म्यान रन औसत स्ट्राइक रेट
म्याच | रन | औसत | स्ट्राइक रेट |
15 | 450 | 32.14 | 122.28 |
ऋषभ पंत
दिल्लि यदि चेन्नईलाई हराउदै फाइनलमा पुग्नु छ भने उनका विकेटकिपर ब्याट्सम्यान ऋषभ पंत राम्रो फर्ममा चल्नु धेरै आवश्यक हुन्छ ।
म्याच | रन | औसत | स्ट्राइक रेट |
15 | 450 | 32.14 | 163.63 |
शिखर धवन
टिमलाई यो पटक पनि यी सलामी ब्याट्सम्यानबाट शानदार शुरुवाती र दमदार पारीको आवश्यकता हुनेछ ।
म्याच | रन | औसत | स्ट्राइक रेट |
15 | 503 | 35.92 | 135.94 |
एम एस धोनी
चेन्नईका कप्तान धोनी यो पुरै सिजनमा जबरदस्त फर्ममा छन र पुरै टिमको वाहक पनि उनकै काँधमा छ, यस्तैमा उनीमाथि एकपटक फेरी आफनो टिमलाई ८ औ पटक फाइनलमा पुर्याउने जिम्मेदारी हुनेछ ।
म्याच | रन | औसत | स्ट्राइक रेट |
10 | 405 | 135 | 138.69 |
इमरान ताहिर
टिमका सबैभन्दा जेठा तर दमदार खेलाडी ताहिरले यो सिजनमा बलिङमा राम्रो प्रदर्शन गरेका छन् र ब्याट्सम्यानहरलाई धेरै नै छक्काएका छन् । दिल्लिको विरुद्ध म्याचमा एकपटक फेरी चेन्नईलाई उनको आश हुनेछ ।
म्याच | ओभर | विकेट | इकोनोमी |
15 | 57.2 | 23 | 6.62 |
फाफ डूप्लेसिस
चेन्नईका सलामी ब्याट्सम्यान फाफले ब्याट् ले राम्रो प्रदर्शन देखाएका छन र एक पटक फेरी टिमलाई उनीबाट राम्रो शुरुवात र ठुलो पारीको आशा रहनेछ ।
म्याच | रन | औसत | स्ट्राइक रेट |
10 | 320 | 35.55 | 118.95 |
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा