सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको महाराष्ट्रमा पर्ने हिंगोलीमा ट्रेनले किचेर दुई युवकको मृत्यु भएको छ । उनीहरु दुवै जना शनिबार साझ रेलको लिकमा उभिएर पब्जि खेलीरहेका थिए । त्यसै बेला रेलले किचेर उनीहरुकाे मृत्यु भएकाे बताइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नागेश गोरे २४ वर्षका र स्वप्निल अन्नापूर्ण २२ वर्षकाको मृत्यु भएको हो । पब्जि खेल्दा खेल्दै रेलको आवाजसमेत नसुनेपछि उनीहरुलाई हैदराबाद-अजमेर एक्सप्रेस किचेको हो । भारतीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा